सर्लाही, १९ साउन। सर्लाही प्रहरीले हरिपुर्वा नगरपालिका ३ का १९ वर्षीय शुशिल रायको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

srijana school 2

हत्यामा सलग्न रहेको आरोपमा प्रहरीले हरिपुर्वा नगरपालिका ३ धनकौलका १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र १८ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो।

साउन १३ गते शुक्रवार बेलुकाबाट हराई रहेका रायको खोजी गर्ने क्रममा सोमबार बिहान सोही ठाउको श्री राष्ट्रिय आधारभुत विद्यालय कम्पाउण्डमाको रहेको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको थियो।

उनको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको छ।

choharwa mabi