आर्थिक वृद्धिमा योगदान पुर्याएको भन्दै मधेश सरकारद्वारा २३ उद्योग पुरस्कृत

    • श्रावण १७, २०७९
    • २५६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बारा, १७ साउन। मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गरेको भन्दै २३ उद्योगीलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ। मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र अगामी सुधारको कार्यहरू बारे छलफल गर्न आयोजना गरेको औद्योगिक सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिएको हो।

    3 copy

    मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार साँझ शुभारम्भ भएको मधेश प्रदेश औद्योगिक सम्मेलनमा प्रदेशमा रोजगार उपलब्ध गराउनुका साथै आर्थिक वृद्धिमा योगदान पुर्याउने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेका छन्।

    रोजगारी, सर्वोत्कृष्ट कर, कृषि र प्रविधिको क्षेत्रमा योगदान पुर्याएका उद्योगहरू लाई पुरस्कृत गर्दै मुख्यमन्त्री राउतले आर्थिक समृद्धिका साथै बेरोजगारी समस्या समाधान मा उद्योग क्षेत्रको योगदानको प्रशंसा गरे।

    पुरस्कृत हुने उद्योगहरूमा त्रीवेणि स्पिनिङ, जय स्पिनिङ, एन पि ड्रग्स, गणपति बनस्पति , अन्नपूर्ण भेजेटेबल, नारायणी भेजेटेबल, सुर्या नेपाल , डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट ,निम्बस ग्रुप, इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव पेज, हुलास स्टिल, शिबशक्ती म्यानुफेक्चरिङ, आर सि ब्याट्री,महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी ,वर्ड्लिलङ्क, ईन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी, सालिमार ग्रुप, जगदम्बा सिमेन्ट रहेका छन्।

    mount school 333

    सीप परियोजनाको सहकार्यमा जारी सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, बेलायती राजदुत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउत सहित प्रदेशका करिव सय जना उद्योगपतिहरुको सहभागिता रहेको छ।

    बुधबार सम्म चल्ने सम्मेलनमा आर्थिक वृद्धिका लागि अगामी दिनमा चाल्नुपर्ने कदमहरु बारे समुहगत तथा सामुहिक छलफल गरिने जनाईएको छ।

    choharwa mabi

    पर्साको भलुवहीयाँमा ...

      क्रान्ति शाह   ...

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल