मिटरब्याजीलाई कानुनि दायरमा ल्याउँछौं : मुख्यमन्त्री राउत

    • श्रावण १५, २०७९
    • ५९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १५ साउन। मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताएका छन्। मिटर व्याज विरूद्ध संघर्ष समितिको ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले मिटरव्याजीहरू बाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नु उनिहरू विरूद्ध कडा कदम चाल्ने बताएका हुन्।

    2 copy 1

    मिटर व्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीहरूलाई कानूनको दायरामा ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

    उनले भने, ‘हामी तपाईहरूको समस्या प्रति गम्भीर छौं। प्रहरी प्रशासन प्रदेश मातहत नहुदाँ ठोस कदम चाल्न सकिएको छैन। सम्बन्धित ठाँउहरूमा आवाज उठाउदै आएको छु। चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ, ढुक्क हुनुस्।’

    संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेशभवन पुगेका पीडितहरूले ७ बुन्दे माँग सहितको ज्ञापन पत्र मुख्यमन्त्री राउतलाई बुझाएका छन्।

    संघर्ष समितिले मिटर व्याजीलाई कार्वाही, पीडितको जफत सम्पति फिर्ता, मिटर व्याजीको सम्पनी छानविन, तमसुक व्यवस्था खारेज, सहुलितयत दरमा ऋणको व्यवस्था, मिटर व्याजीबाट ऋणीहरुमाथि हुने गरेको यौन शोषणको छानवित लगायतका माँग ज्ञापन पत्रमा उल्लेख गरेको छ।

    संघर्ष समितिले प्रदेश सरकारले पीडितहरुको पक्षमा भुमिका निर्वाहगरी अभिभावकको भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।

    choharwa mabi

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल