भाईको पैसा पचाउन लुटपाटको नाटक रच्ने दाई परे प्रहरी फन्दामा

    • श्रावण १५, २०७९
    • २३१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, १५ साउन। आफ्नै सहोदर भाइको रकम पचाउने उदेश्यले लुटपाटको नाटक रच्ने महोत्तरीका एक मनिट्रन्सफर व्यापारी आफैँ फन्दामा परेका छन्। होत्तरीको रामगोपालपुर नगरपालिका ७ सहसौलाका अरुणकुमार चौधरी आफ्नै भाईले बैंकमा जम्मा गर्न दिएको पाँच लाख रुपैयाँ पचाउने उदेश्यले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्।

    1 copy

    शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला २ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले चक्कु प्रहार गरी लुटेराले पाँच लाख रुपैयाँ लुटेर लगेका प्रहरीलाई बताएका थिए।

    सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो।

    ‘लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ’, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दै छौँ।’

    अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको रु पाँच लाख नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको हो। चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।

    2 copy 1

    चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग रकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन्। अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैंले कोतरेर घाउ बनाएको बयान दिएको प्रहरी निरीक्षक मिश्रले बताए। चौधरी रामगोपालपुरमै मनी ट्रान्सफर सञ्चालन गरिरहेका व्यापारी हुन्।

    यसअघि हिजो शनिबार चौधरी लुटिएका समाचार सञ्चारमाध्यममा प्रसारण/प्रकाशन भएका थिए। प्रहरीले शनिबार साँझ घटनाको यथार्थ अनुसन्धानबारे बताउनुअघि लुटपाट घटनाबारे समाचार बाहिरिएको थियो।

    jamdah mabi 3

     

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल