महोत्तरीमा छुरा प्रहार गरी मनिट्रान्सफर व्यसायीलाई लुटे

    • श्रावण १४, २०७९
    • ३०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, १४ साउन। महोत्तरीमा अज्ञात समूले छुरा प्रहार गरी एक जना युवा व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ।
    गौशाला–सम्सी सडक खण्डबाट रामगोपालपुर नगरपालिका ७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि नचिनेको समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हो।

    srijana school 2

    आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका चौधरी गौशालाबाट पैसा बोकी प्रदेश–२–०२–००४ प ३३४७ नम्वरको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले पैसा लुटेको बताइको चौधरीलाई उद्धरित गर्दै प्रहरीले जनाएको छ। चौधरी सवार मोटरसाइकल रोकी उनको तिघ्रामा छुराले हानेर घाइते बनाइ पैसा लुटेर भागेको बताइएको छ।

    छुरा प्रहारबाट घाइते चौधरीको गौशालामा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

    jamdah mabi 3

     

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल