साउन १४ सिरहा। सिराहा सरमुकामको माँ भगवती वेकरी एन्ड स्विट्स हाउस्मा समोसा खाएका सञ्चारकर्मी रामभरोसी यादव विमारी परेका छन्। सिरहा गाएका बेला गत बुधबार समोसा खाएका गोलबजार नपा ८ का सञ्चारकर्मी यादव विरामी परेका हुन्। उनले समोसा खाँदैगर्दा समोसामा किरा फेला परेको थियो।
सञ्चारकर्मी यादवलाई खाजा खाएको भोलिपल्ट विहानै देखि पखाला लाग्ने, वान्ता आउने र अनुहार समेत सुनिने भएको छ। उनलाई फूडप्वाईजनिङ भएको उनी उपचाररत स्वास्थ्यसंस्थाले जनाएको छ। सञ्चारकर्मी यादव रातोपाटी अनलाईनका सिरहा समाचारदाताहुन्।
यता संचारकर्मी यादवले होटल संचालकसंग उक्त विषयमा जिज्ञासा राखदा होटेल संचालकले सिराहाको पुर्व उद्योग वाणिाज्य संघ अध्यक्ष संजय महासेठमार्फत धम्की दिलाएका छन्। वाणिज्य संघ अध्यक्ष महासेठले धम्कीपुर्ण भाषामा सञ्चारकर्मिलाई हप्काउदै तिमी के गर्न सक्छौ गर, भन्दै धम्की दिएका बताए। नास्तामा किरा फेला परेको सुचना सार्वजनिक भएलगतै जिल्ला प्रशासन कार्यलय सिरहाले होटल अनुमन गरेको छ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत श्याम राउन नेतृत्वको अनुगमन टोलिले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा अनुगमन गरेकाहुन्।
अनुगमन टोलिले गल्ति सुधार गर्न र सरसफाईमा पुर्णध्यान दिन होटेलका संचालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए।
अनुगमनको क्रममा उक्त होटलमा खानेसामग्रीहरु वासी पाइएको प्रशासकीय अधिकृत राउतले जनाएको छ।
यसरी दैनिक रुपमा आत्याधिक मान्छेको भिड्भाड हुने होटेलमा किरा भेट्नु मानव स्वास्थ्यमाथि नै खेलवाड भएको पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य देबकुमार यादवले बताए। यादवले नियमित अनुमन आवश्यकता रहेको बताए।