सिरहा इँटा उद्योग व्यसायी महासंघको अध्यक्षमा सिंह चयन

    • श्रावण १४, २०७९
    • ९१७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय


    सिरहा,१४ साउन। सिरहा इँटा उद्योग ब्यबसायी महासंघ शाखा सिरहाको दोस्रो जिल्ला अधिवेशनले कृष्णा कुमार सिंहको अध्यक्षमा जिल्ला कार्यसमिति चयन गरेको छ।

    1 copy

    जिल्लाको गोलबजारमा सम्पन्न दोस्रो जिल्ला अधिवेशन तथा तेस्रो वर्षिक साधारणसभाले बरिष्ठ उपाध्यक्ष रामसगुन यादब, उपाध्यक्ष डोमि साह, महासचिब सन्तोष कुमार श्रीवास्तब, सचिब रामकुमार साह र कोषाध्यक्ष अशोक कुमार महतोलाई सर्वसम्मत चयन गरेको छ। अधिवेशनले थप १३ जना सदस्य चयन गरेको छ।

    मधेश प्रदेश साम्सद मदन सेन श्रीवास्तवको प्रमुख आतित्यमा सम्पन्न अधिवेशनमा लक्ष्मीपुर पतारी गाउँ पालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, वडियारपट्टी गाउँ पालिकाका अध्यक्ष सन्तोष साह, इँटा उद्योगा व्यवसायी महासंघका केन्द्रिय सचिव चन्द्रदेव यादव, प्रदेश उपाध्यक्ष विक्रम साह, जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडा लगाएतको उपस्थिति रहेको थियो।

    अधिवेशनले इँटा उद्योग व्यवसायी समेत रहेका लक्ष्मीपुर पतारी गाउँ पालिकाका अध्यक्ष चतुरानन्द ठाकुर र वडियारपट्टी गाउँ पालिकाका अध्यक्ष सन्तोष साहलाई सम्मान समेत गरेका थिए।

    2 copy 1

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    चेत्र १५ बाट सातौं ग ...

    सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल