सिरहा, १० साउन। मिटरब्याज घटनाका पीडितहरु संगठित भएर मिटरब्याजविरुद्ध चरणवद्ध संघर्ष गर्ने भएका छन्। उनीहरुको मंगलबार मिर्चैयामा भएको भेलाले सिरहाका मनोज पासवानको संयोजकत्वमा प्रदेश स्तरीय संघर्ष समिति गठन गरेका हुन्।

mount school 333

संघर्ष समितिमा मधेश प्रदेशका विभिन्न जिल्लाका पीडितहरु छन्। समितिले मिटरब्याज घटनाका पीडितहरुलाई सम्पर्कमा आउन आह्वान समेत गरेको छ।

यस्तै, संघर्ष समितिले संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ। साउन १५ गते आइतबार मुख्यमन्त्री कार्यालय जनकपुर घेराउको कार्यक्रम सार्वजनिक गरेका छन्।

साउन १५ गतेपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने र मिटरब्याजले मधेशमा अहिले ठूलो समस्याको रुपलिँदै गरेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए।

295386860_1150213525619170_3945683582880262578_n