वीरगञ्ज, १० साउन। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका ११ श्रीपुरटोल सडकबाट हजार दरको ६ थान नोट सहित उक युवकलाई नियन्त्रणमा लिएको छ। रौतहट परोहा नगरपालिका ३ का ३२ वर्षीय बिटु दुवेदीलाई एक हजार दरको ६ थान नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विषेश सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उक्त टोलमा दुवेदीलाई फेला पारी जाँच गर्दा उनको र साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो।
उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरीएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।