सिरहा, ९ साउन। सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माँग गर्दै पीडितहरुले प्रदर्शन गरेका छन्। मिटरव्याजीलाई कार्वाह, जफत सम्पती फिर्ता, मिटरब्याजीको सम्पती छानविन, गरिबहरुलाई सहुलित दरमा बैंकका. ऋणको व्यवस्था र न्यायको माँग गर्दै पीडितहरुले आईतबार प्रदर्शन गरेका हुन्।

प्रदर्शनपछिको कोणसभामा सामाजिक अभियन्ता संघर्ष दाहालले मिटरब्याजबाट समाजका कथित तल्लो जातमा पारिएका र गरिब, निम्न मध्यम वर्गका मानिसहरू बढीपीडित बताए। उनले सामान्य घरव्यवहारका लागि लिएको ऋणको तीन दोब्बरको तमसुक बनाउँदा कैयौँ गरव घरपरिवारको उठिबास भएको बताए।

mount school 333

प्रधानमन्त्रीले कारबाही गर्न निर्देशन दिँदासमेत स्थानीय प्रहरी प्रशासनले मिटरब्याजीहरुकै पक्षमा नै बकालत गर्नेगरेको बताए। उनले भने, ‘गृहमन्त्रालयले कार्वाही गर्न निर्देशन दिएपनि विद्यमान कानुनबमोजिम कारबाही गर्न नसकिने भन्दै मिटरब्याजीहरुलाई नै सघाउनालो उनीहरु झनै हौसिएको छ।

प्रहरी प्रशासनको यस्तै व्यवहार रहिरहे जनता अन्य उपाय खोज्नुपर्ने अवस्था आउन सक्ने अभियन्ता दहालले बताए। उनले भने, ‘कानुनी लडाइँले मात्र हुँदैन, राजनीतिक दलहरूको सहयोगमा सशक्त लडाइँ लड्नुपर्छ; ‘मिटरब्याजीहरूलाई कानुनी कठघरामा नल्याएसम्म आन्दोलन जारी रहनेछ ।’

srijana school 2

औरही गाउँपालिका–४ का अगुवा मनोजकुमार पासवानले दलित, विपन्न, निमुखाहरूको जीवनमाथि खेलबाड भइरहेको भन्दै मिटरब्याजीविरुद्ध सामाजिक आन्दोलन गर्नुपर्नेमा जोड दिए । गाउँघरमा विपन्न दलित बस्तीमा मिटरब्याजीले आतंक मच्चाइरहेको चर्चा गर्दै पासवानले भने, ‘घरव्यवहार चलाउन लिएको ऋणको तीन दोब्बर कपाली तमसुक बनाउनुका साथै जग्गासमेत आफ्नो नाममा पास गराएर सुद्खोरहरूले त्यही तमसुकको आधारमा लेनदेन मुद्दा चलाई गरिब बिपन्नको उठिबास गराउन थालेपछि गाउँघर आतंकित बनेको छ।’

गोलबजारका सामाजिक अगुवा कर्मलाल महतोले एक लाख रुपैयाँ लिँदा तीन दोब्बरको हो भन्दै १२ लाख रुपैयाँसम्मको तमसुक बनाएर अप्ठ्यारोमा परेकाहरूमाथि ठूलो अन्याय भइरहेको बताए । राजनीतिक दलहरूले मिटरब्याजी पीडितहरूलाई सघाउन महतोले आग्रह गरे । कोणसभामा गोलबजार र औरहीका मिटरब्याजबाट पीडितहरूको सहभागिता थियो।

sahakari copy (1)