सिरहा, ७ साउन। सिरहा प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाकै अर्नमा गाउँ पालिका २ ब्रम्हपुरीका ४५ वर्षिय कालेश्वर महतो कोइरीलाई ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शनिवार विहान पक्राउ गरेको हो।

महिलालाई जबरजस्ती करणी गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

sahakari copy (1)