सडकमै चालक र सहचालकको स्वास्थ्य जाँच

    • श्रावण ७, २०७९
    • ३०६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, ७ साउन। बढ्दो सबारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिबिरमा १०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन्।

    mount school 333

    माँ जानकी यातायात प्रालि जनकपुरधामको सहयोगमा जिल्ला ट्राफिक कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका २१ स्थित बसपार्कमा आयोजित निःशुल्क शिबिरमा चालक तथा सहचालकहरुले आँखा, कान, रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन्।

    शिबिरमा जनकपुरधामस्थित म्याक्स लाइफ हस्पीटलका जेनरल फिजिसियन डा कृष्ण कुमार साह, डा अभिजित साह, न्यूरो सर्जन डा। रवि श्रीवास्तव, डा। नेहा साह तथा नाक, कान घाँटी रोग बिशेषज्ञ डा। सुनिल सिंह लगायतका चिकित्सकहरुले चालक तथा सहचालकहरुको स्वास्थ्य जाँच गरेका थिए।

    यस्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालका आँखा बिशेषज्ञहरुले चालक र सहचालकहरुको आँखाको जाँच गरेको जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

    जाँच गरिएका चालक तथा सहचालकहरु मध्ये थोरैमा मात्र आँखा सम्बन्धि समस्या देखिएको र धेरैमा अझै लाईटको कलर छुट्टयाउन सकिने तथा टाढा सम्म हेर्न सकिने क्षमता रहेको पाईएको चिकित्सकहरुले बताएका छन्।

    यस्तै रक्तचाप जाँच गरिएका चालकहरु मध्ये १० प्रतिशतमा मात्र उच्च रक्तचापको समस्या देखिएको र त्यसमध्ये ५ प्रतिशतले मात्र उच्च रक्तचापको औषधी सेवन गरिरहेको पाईएको चिकित्सकहरुकोे भनाई छ ।

    लामो दुरीका सबारी चालकहरुमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्याहरु समेत पाईएकाले ती चालकहरुलाई थप स्वास्थ्य उपचारको लागि सल्लाह दिनुको साथै तत्कालका लागि केही औषधीहरु समेत वितरण गरिएको म्याक्स हस्पीटलका मार्केटिङ्ग अफिसर पंकज साहले बताए।

    दुर्घटनाका बिबिध कारणहरु मध्ये सबारी चालकको आँखा कमजोर र स्वास्थ्य समस्याका कारण पनि रहेकाले सबारी रोकेर चालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

    नीजि तथा सार्वजनिक सबारी चालकहरुलाई आँखा, रक्तचाप, बढ्दो सबारी दुर्घटना र सही ड्राईभर एटिच्यूटको बिषयमा चालकहरुलाई सचेतना समेत दिईरहेको प्रहरी निरीक्षक यादवको भनाई छ।

    जाँच पछि सबारी चालकहरुसँग सबारी दुर्घटना हुनुको कारण र न्यूनिकरणका उपायहरु बारेमा अन्तरक्रिया गरेर सल्लाह समेत लिने गरिएको उहाँको भनाई छ।

    सो क्रममा चालकहरुबाट सडकको दुराव्यवस्थासँगै सबारी साधनमा ट्राफिक नियम बिपरित ठुला लाईनको प्रयोग गर्ने, गलत किसिमले लाईट बाल्ने, युवाहरुमा लागुऔषध सेवन गरी सबारी चलाउने जस्ता कारणले सबारी दुर्घटना बढ्ेको जानकारी पाएको समेत उहाँले उल्लेख गरे ।

    चालक तथा सहचालकहरुबाट आएका सुझाबहरुको आधारमा सबारी दुर्घटना न्यूनिकरणका लागि थप योजना बनाईने प्रहरी निरीक्षक यादवmे बताए।

    sahakari copy (1)

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल