जनकपुर, ५ साउन। गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष ०७८/०७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कार्वाही गरेको छ।

mount school 333

बिभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरितको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाईएपछि व्यापारीमाथि कार्वाही गरिएको कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिनुए।

विभिागले सोही अवधिमा बिभिन्न शिर्षकमा ३५ लाख ९० हजार ९९५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

बजार अनुगमनसँगै जिल्ला जिल्ला डोर खटाएपछि गत आर्थिक बर्षमा आर्थिक बर्ष ०७७/०७८ को तुलनामा करिब ४७ दशमलव २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख झाले जानकारी दिए।

आर्थिक बर्ष ०७८/०७९ मा ६१६ व्यापारीहरुको नाप तौल यान्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान तथा नविकरण गरिएको, एक हजार ५७८ व्यापारीको नापतौल तथा नाप्ने यन्त्रको जाँच गरेको, ५८६ वटा पेट्रोलियम पदार्थ वितरण पम्पहरुको जाँच गरिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । त्यस्तै सो अबधीमा नापतौल सम्बन्धि उपभोक्ताहरुको हकहित संरक्षणका लागि ११ पटकमा ५८ वटा व्यापारिक फर्ममा एकल, आठ पटकमा ४६ वटा व्यापारिक फर्महरुमा संयुक्त अनुगमन गरिएको प्रमुख झाको भनाई रहेको छ।
यसअबधीमा ९ पटक गरी बिभिन्न १७ स्थानमा डोर (अनुगमन) खटाईएको समेत प्रमुख झाले बताए।
अघिल्लो आर्थिक बर्ष ०७७/०७८ मा सो कार्यालयले बिभिन्न शिर्षकबाट २४ लाख ३८ हजार ९९५ रपैयाँ राजस्व सङ्कलन गरेको थियो।
दरबन्दी भन्दा कम जनशक्तिका बाबजुद पनि सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेश प्रदेशको धुनषा, महोत्तरी, सर्लाही र बागमति प्रदेशको सिन्धुली र रामेछाप जिल्लामा व्यापारीहरुले गैरकानुनी रुपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको कार्यालय प्रमुख झाले बताए।
कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्ने पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिई सक्नुपर्ने कानुनी व्यवस्था छ ।
नापतौल दस्तुर तथा जरिवाना दस्तुर कम भएको र कानुनी कार्वाही प्रक्रिया समेत झन्झटिलो भएकाले व्यापारीहरुलाई कालोबजारी गर्न सजिलो भएको सो कार्यालयले जनाएको छ ।

sahakari copy (1)