युरेनियम जस्तो देखिने बस्तुसहित १५ जना पक्राउ

    • श्रावण ४, २०७९
    • ४८१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    विराटनगर, ४ साउन। भारतीय सुरक्षा निकायले नेपालमा युरेनियम खोजीरहेकै बेला नेपाल प्रहरीले विराटनगरबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका ९ स्थित ठुलदाइको होटल ८ जना र सोही महानगरपालिका ३ दुधफारमबाट ७ जना गरी १५ जनालाई २ केजी ६५.९ ग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो।

    mount school 333

    प्रहरीले ठूलदाईको होटबाट १ केजी ८७.३ ग्राम सहित मोरङ धनपालथान गाउँपालिका ७ का ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका ४ का ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका २ का ४० वर्षीय दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका १२ का ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका ७ का ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका–९ का ३२ वर्षीय किरन राई नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीले दुधखर्कबाट ९७८.६ ग्राम युरेनियम जस्तो पदार्थ सहित मंगलबार गोरखा गण्डकी गाउँपालिका ८ का ४५ वर्षीय जिवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका ६ का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका १२ का ३० वर्षीय चन्दन कुमार महतो, मोरङ ग्रामथान गाउँपालिका ३ का ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका ५ का ३६ वर्षीय दिपक बहादुर ब्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका ३ का ४९ वर्षीय उमेश प्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका ५ का २८ वर्षीय श्याम घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    sahakari copy (1)

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल