सिरहा, ४ साउन। नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द) ले गोलबजार नगरपालिकाले विनाकारण करारका कर्मचारी अपमान पूर्वक तरिकाले निस्काशन गरेको भन्दै विरोधमा कार्यालय घेराउदेखि तालाबन्दि सम्मको पाँच दिवसिय संघर्षका कार्याक्रम घोषणा गरेको छ। नेकपा (माओवादी केन्द्र) नगरकमिटीले आज पत्रकार सम्मेलन गर्दै करकारका कर्मचारी निस्कासन गर्ने अन्यापूर्ण निर्णय सच्याउन माँग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
यस अघि आइतबार बुझाएको ज्ञापन पत्रलाई बेवास्ता गरेको भन्दै पार्टी पाँच दिवसिय चरणवद्ध आन्दालेनमा जान बाध्य भएको पार्टीका नगर अध्यक्ष जीवन यादवले बताए।
पार्टीले भोली ५ गते १२ बजेदेखि गरप्रमुखको कार्यकक्ष अगाडी ३० मिनट सिटी बजार विरोध जनाउने, ६ गते विहान ११ बजे देखि १ बजे सम्म कालो ब्यानर सहित २ घण्टा धर्ना र ८ गते नगर प्रमुखलाई कार्यकक्ष प्रवेशमा रोक लगाउने क्रार्यक्रम सार्वजनिक गरेको छ।
त्यसैगरी, साउनको ११ गते बेलुका ६ बजे पुत्ला दहन सहितको मशाल जुलुस र १२ गते मेयर, उपमेयर र प्रमुख प्रशाकिय कार्यालयमा तालावन्दि गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
दशकौंदेखि कामगरिरहेका दक्ष तथा अनुभवि कर्मचारीको मानमर्दन हुनेगरी, निस्कासन गर्नुको कारण समेत नखुलाई कर्मचारी निस्कासन गर्नु प्रतिगामी कदम भएको उनीहरुले आरोप लगाएको छ। उनीहरुले कुनै विधि प्रकृया मिचेर अपमान पूर्वक कर्मचारी निस्कासन प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले बताए।
अध्यक्ष यादवले आवश्यकता अनुसार संघर्षका कार्यक्रमलाई अझै सशक्त बनाउँदै लैजाने पत्रकार सममेलनमा जनाए।