काठमाडौं, ४ साउन। नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनित भएका छन्।
यसअघिका प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्रीमा र सचेतक पुष्पा भुसाल उपसभामुख बनेपछि रिक्त रहेको सो स्थानमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार उनीहरूलाई मनोनित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघि प्रमुख सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसाल रहेका थिए। उनीहरु दुवैजना अन्य पदमा गएकाले यादव र विश्वकर्मालाई प्रमुख सचेतक र सचेतकमा न्यूक्ति गरेको बताइएको छ।