सिरहा, ३ साउन। सिरहा नगरपालिकामा मेयरले मनमाना तरिकाले करार कर्मचारीलाई हटाएको विरोधमा जनप्रतिनिधीहरुले नै ज्ञापनपत्र बुझाएका छन्। कार्यपालिका बैठकको निर्णय नगरी पदिय दायित्व र मर्यादालाई समेत ख्याल नै नगरी गैर जिम्मेवार र मनपरी ढङ्गले करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने मौखिक आदेश जारी गरेको आदेश फिर्तालिन माँग गर्दै वडाअध्यक्षहरुले ज्ञापनपत्र बुझाएका हुन।

mount school 333

करारका कर्मचारीको विषयमा कार्यापालिकामा छलफल नै नगरी सनकको भरमा हटाउने ठाडो आदेशको आफूहरुले विरोध गरेको वडाअध्यक्षहरुले बताए।

कर्मचारी अभावमा नगरपालिका कसरी संचालन गर्नेभन्ने विषयमा कुनै छलफल नगरी एकलौटी रुपमा स्थानीय संचालन ऐन, २०७४ को व्यवस्थालाई उलंघन गदै कार्यपलिकाको बैठक नवसी गरिएको निर्णय कार्यन्वयन नगर्न गराउन भनी प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबलाई गठबन्धनका संयोजक उमेश प्रसाद यादब सहितका सदस्याहरुले ज्ञापन पत्र बुझाएका छन्।

वडाअध्यक्षहरुले कार्यपालिकाको बैठक नराख्ने, नगरसभा नगरर्ने तर मनपर्दि तरिकाले आदेश दिंदै हिड्दा भोली नगरप्रमुख आफै अप्ठ्यारोमा पर्ने बताए। कार्यपालिकाको निर्णय विना करारका कर्मचारीहरुलाई हटाउने ठाडो आदेश तत्काल फिर्ता लिन पनि अनुरोध गरेको छ।

srijana school 2

वडा अध्यक्षहरुले नगर प्रमुख डाक्टर नविन यादवले अन्य कामहरुपनि मनमाना तरिकाले गरेको आरोप लगाउँदै आएको छ। विकास निर्माणका कामहरुपनि कार्यपालिकाको निर्णय र जानकारी विनै गरेको पनि ज्ञापनपत्रमा उल्लेख गरेको छ।

यस सम्वन्धमा बुझ्न सिरहा नगर पालिकाका प्रमुख डा. नविन यादवलाई फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

सिरहा नगरपालिकामा गठबन्धनमा १५ वटा वाडाअध्यक्ष र ८ वटै कार्यपालिका सदस्य लगायत कुल २३ जना रहेका छन्। मेयर अल्पमतमा छन्।

गोलबजारमा करारका कर्मचारीको धर्ना

त्यसैगरी, आजै गोलबजार नगरपालिाकाका म्याद थप नगरेका करारका कर्मचारीहरुले म्याद थपको माँग सहित प्रमुख प्रशासकिय अधिकृतको कार्यालय अगाडी एक घण्टा धर्ना बसेका छन्। करारका कर्मचारीको म्याद थप नगरर्ने निर्णय फिर्ता लिन माँग गर्दै धर्ना बसेका हुन्।

नगरपालिका करार कर्मचारी संघर्ष समितिले आफ्नो माँग पूरा नभएसम्म दैनिक धर्नाको समय बढाउँदै जाने बताउको छ।