काठमाडौं, ३ साउन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन पालिकाहरुलाई आग्रह गरेको छ।

mount school 333

मन्त्रालयले पालिका तहमा रोजगार सेवा केन्द्रमा कार्यरत केही रोजगार संयोजक तथा प्राविधिक सहायकको करार सम्झौता भङ्ग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ।

रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड–२०७६ र स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड–२०७८ मा व्यवस्था भए अनुसार कार्यसम्पादन मूल्याङ्कन आधारमा करार नवीकरण गर्नुपर्ने केही पालिकाले कार्यपालिकाको निर्णयका आधारमा करार भङ्ग गरेको जानकारीमा आएको पनि मन्त्रालयले जनाएको छ। यसअघि नियुक्त भएका रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई कानुनी प्रकृया अनुसार बाहेक सेवाबाट नहटाउन परिपत्रमार्फत भनिएको छ।

कार्यक्रमको सुरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी सङ्घीय सरकारले लगानी गरी मानवपुँजी निर्माण गरेको हो।

यो कार्यक्रम केन्द्रीय ससर्त अनुदान अन्तर्गत सञ्चालित रहेकाले एकमुष्ठ रुपमा कर्मचारीलाई सेवाबाट हटाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवारुप कार्यक्रमको सोच, लक्ष्य र उद्देश्यमा दख्खल पर्न गएको राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले निकालेको विज्ञप्तिमा उल्लेख छ।