सिरहा, २ साउन। कर्जन्हा नगर पालिकाका उपमेयर लक्ष्मी कुमारी श्रेष्ठले अव हुने नगरको बैठक, सभा तथा कार्यक्रमहरुको नगरको आधिकारीक वेव साइटबाट प्रत्यक्ष प्रशारण (लाईभ) गर्न प्रशासनलाई लिखित अनुरोध गरेको छ।
आम जनताले पाउने सूचनाको हकको सुनिश्चितता गर्न अव हुने सवैखालका बैठक, सभा तथा कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्न प्रमुख प्रशाकिय अधिकृत बुद्धिमान दनुवारको नाममा पत्र लेखेरै अनुरोध गरेको हो।
उनले प्रत्यक जनतामा सूचनाको सहज पहुँच, पारदर्शिता र स्वच्छताको लागि नगरपालिकाको आधिकारीक वेव साइटबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था गराउन अनुरोध गरेको छ।
प्रमुख प्रशासकिय अधिकृतको नाममा लेखिएको पत्रमा नगर प्रमुखलाई बोदार्थ पठाएको छ।