- अर्चना परियार
रौतहट, १ साउन। रौतहटमा नापी कार्यालयका शाखा प्रमुखमाथि हातपात तथा दुर्ब्यबहार भएको छ। जिल्लाको मौलापुर नगरपालिकाका नापी शाखा प्रमुख तथा बहुप्रविधिक कलेजका प्रमुख मुकेश यादवलाई अश्लील गालि गरेको आरोप लगाउदै केही ब्यक्तिहरुले आज हातपात तथा दुर्ब्यबहार गरेका हुन्।
कलेजलाई बदनाम गराउने किसिमले सामाजिक संजालमा अश्लील गतिबिधि गर्ने बिद्यार्थीहरु शेषनाथ पंडित, रोहित कुमार साह र निराजन कुमार साहलाई केहिदिन अघि अनिश्चितकालका लागि निलम्बन गरिएको थियो। निलम्बन गरिएको विद्यार्थी मध्ये २ जनालाई पुनः फर्काइएको थियो। सोहि रिसीबीका कारण आफूमाथि ज्यान मार्ने धम्कि दिंदै रोहित लगायत केही ब्यक्तिले आफुमाथि हातपात तथा दुर्ब्यबहार गरेको प्रमुख यादबले आरोप लगाएका छन्।
यता रोहितले भने कलेजको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन जियोमेटीकस इन्जिनियरिङको सम्पूर्ण पठनपाठन नभए पछि आफु र आफ्ना साथीहरुले समाजिक संजाल तथा टिकटक मार्फत विरोध जनाउदा आफुहरुलाई निलम्बन गरिएको जनाए।
सोहि बिषयमा बुझ्न यादबलाई सम्पर्क गर्दा आफ्नी बिहिनीलाई अश्लील शब्द प्रयोग गरि गालि गरेको रोहितको भनाई छ। सोही विसयमा परिवारका सदस्यहरु कलेजमा गई यादवसँग छलफलको क्रममा विवाद चर्किए पछि कुटपिट सम्मको अवस्था सिर्जना भएको बताएका छन्।
कुटपिट गर्ने बलिराम शाह, रोहित साह र विनोद पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो घटना बारे थप अनुसन्धान भइरहेको छ।