सिरहा, १ साउन। गोलबजार नगरपालिकाको करारका कर्मचारी संघर्ष समितिले करारको कर्मचारी हटाउने अन्यायपूर्ण निर्णय सच्यान माग गर्दै प्रमुख प्रशासकिय अधिकृत मार्फत नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। नगर कार्यपालिकाको २०७९ असार ३१ गते रातारात गरेको अन्यायपूर्ण निर्णयले आफूहरु रोजगार विहिन भएको भन्दै उनीहरुले तत्काल काममा फर्कने बतावरण बनाउन माँग गर्दै आज आईतबार ज्ञापन पत्र बुझाएको हो।

srijana school 2

नियमसँगत ढङ्गले खुल्ला पर्तिस्पर्धाबाट भनाई भई लामो समय देखि कार्यरत करारका कर्मचारीलाई राजनीतिक न्यूक्ति जस्तै रातारात निर्णय गरी कामविहिन बनाउनु अन्यायपूर्ण भएको ज्ञापन पत्रमा लेखेको छ। ज्ञापनपत्र बुधझाउन जाँदा प्रमुख प्रशासकिय अधिकृत कार्यकक्षमा नभएकाले प्रशासनमा दर्ता गराएको संघर्ष समितिका संयोजक कसम लामाले जानकार दिए।
लामाले कर्मचारीको माँग चाडोभन्दा चाडो सम्वोधन नभए आफूहरु चरणबद्ध आन्दोलनमा जाने बताए।

त्यसैगरी, आजै नेकपा (माओवादी केन्दै) गोलबजार नगर कमिटीले नगरपालिकाले करारका कर्मचारीहरुको म्याद नथप्ने गरेको निर्णय २४ घण्टा भित्र सच्याउनमाँग गर्दै नगर प्रमुख श्याम कुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

गोलबजार नगरपालिकाले असार ३० गते राती बसेको बैठकले करारका कार्यरत कर्मचारीको म्याद नथप्ने निर्णय प्रति पार्टीको गम्भिर ध्यानार्षन भएको ज्ञापनपत्रमा उल्लखे गरेको छ। पर्टीका नगर अध्यक्ष जिवन यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘लामो समयदेखि कार्यरत कर्मचारीहरुको कार्यसम्पाद मूल्याङ्कन नै नगरी राजनीतिक पूर्वाग्रह र गलत मनसायले गरेको निर्णय प्रति हामी घार भत्र्सना गर्दछौं।’

नगर प्रमुख श्रेष्ठले आफैले बोलेको बाझियो
नगर प्रमुख श्याम कुमार श्रेष्ठले आफैले बोलेको कुरा बाझिनेगरी अनावशयक कर्मचारीको म्याद थप नगरेको बताए। उनले भने, ‘नगरपालिका एक सय २० कर्मचारी छ रहेछ । ६० जना कर्मचारीले राम्रोसँग नगर चलाउन सकिन्छ, ६० जना सुतेर खाईरहेको छ। केही कर्मचारीको हामीले म्याद थप नगरेको हो।’

यहि शिलशिलामा आफैले बोलेको कुरा बाझिनेगरी मेयर श्रेष्ठले भने, ‘हामी चाँडै कर्मचारीको भर्ना खोल्छौं, त्यहाँबाट हामी योग्य र आवश्यक कर्मचारी राछौं।’

त्यसपछि पनि आफैले बोलेको विषयलाई ख्याल नगरी मेयर श्रेष्ठले भने, ‘नगरले यति धेरै कर्मचारीको ब्ययभार खेप्न नसक्ने देखिएपछि म्याद थप नगरेको हो। उनीहरुलाई हटाउको होइन्।’

मेयर श्रेष्ठ आफ्नै अभिव्यक्तिप्रति सचेत नभएको वा भित्रि योजना फूत्केको हो? सवैले चासोका साथ हेरेका छन्।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख श्याम कुमार श्रेष्ठले कार्यपालिको बैठकले उचित निर्णय लिने जनाए।

करारका कर्मचारी निस्काशन पछि आधारभुत स्वास्थ्य सेवा प्रभावित

GBR aadarbhut

गोलबजार नगरपालिकाले करारका कर्मचारीहरुको कार्याअवधि थप नगरेपछि नगरमा सञ्चालित ४ वटा आधारभुत सास्थ्य सेवा कार्यालयहरु खुलन सकेन। नगरपालिकाको आकस्मिक निर्णयका कारण कर्मचारी व्यवस्थापन गर्न असहज भएको स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले जानकारी दिए।

उनले आकस्कि निर्णले हामीले समयमा जनशक्ति व्यवस्थापन गर्न सकेनौं, आज ढिलो गरिभएपनि सवै स्वास्थ्य संस्था खुल्ने जनाए।

उनले निर्णय पछि पनि उचित निर्देशन समयमा नआईपुगेकाले पनि समस्या भउको स्वास्थ्य शाखा प्रमुख कर्णले जानकारी दिए।

नगरका ४ वटा आधारभुत स्वास्थ्य संस्थाहरु नखुल्दा दर्जनौं विरामीहरु प्रभावित हुन पुगेको छ।