सिरहा, १ साउन। कजन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले पालिकामा कार्यरत सवै करारका कर्मचारीलाई काममा फर्किन आदेश दिएकी छिन्। कर्जन्हा नगरपालिकाको कुनै कार्यापालिकाको निर्णयले कसैलाई पनि कामकाजबाट हटाउने निर्णय नगरेको भन्दै सवै करारका कर्मचारीलाई काममा खटिन जानकारी गराएकी हुन्।

srijana school 2

उनले कर्जन्हा नगरपालिकाको २०७९ असार २४ गतेको निर्णय नम्वर २० बमोजिम विभिन्न मितिमा करार सम्झौता तथा अस्थायी करार एवम् परामशै सेवा मार्फत कर्मचारीहरुलाई सम्झौता पत्र अनुसार पद, तह, दर्जा एवम् नेपाल सरकारले तोके बमोजिम सेवा सुविधा उपलब्ध गराउने निर्णबाहेक अरु निर्णय नभएको उपमेयर श्रेष्ठले बताए।

उनले भने, ‘कुन कोठेबैठकले १५ जना करारका कर्मचारीको म्याद थप नगरेको हो, मलाई त्यस्तो निर्णय गरेको जानकारी छैन, त्यसैले तत्काल सवैकर्मचारीहरु काममा फर्किनुस्।’

उनले थपे, ‘जागिरका म्याद थप नगरेका भनिएका कर्मचारीहरु ज्ञापत्र लिएर नगरपालिकामा आउँदा प्रशासकिय अधिकृत नभएकाले मलाई बुझाउ भयो। मैले उहाँको माँग र कार्यपालिकाको २४ गतेको निर्णय अनुसार उहाँहरुलाई काममा आउन र प्रमुख प्रशासकिय अधिकृतलाई पनि काममा लाउने आदेश दिएको छु।’

उपमेयर श्रेष्ठले सवै कर्मचारीलाई काममा फर्किन लिखित पत्र दिएकी छिन्।

यता कर्जन्हा नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत बुद्धिमान दनुवारको हस्ताक्षरमा असार २४ गतेको कार्यपालिकाकाको निर्णय भन्दै ३१ गते अवेर विभिन्न पदका १५ जना करारका कर्मचारीको नामै उल्लेख गरेर म्याद थप नगरिएको सूचना जारी गरेको छ।

उप प्रमुखबाट पत्र प्राप्त भएपछि आफूहरु पुनः काममा फर्किएको कम्प्यूटर अपरेर सरोज पासवानले जानकारी दिए। नगरपालिकामा ४३ जना करारका कर्मचारी रहेका छन्। जसमध्ये १५ जनाको नामै किटेर व्यक्तिगत माहानीहुने गरी सूचना प्रकाशन गरेको कर्मचारीको गुनासो रहेको छ।

प्रमुख प्रशाकिय अधिकृत दनुवारले कार्यपालिकाको निर्णय र मेयरको निर्देशन अनुसार सूचना जारी गरेको बताए।