वीरगञ्ज, ३० असार। जनता समाजवादी पार्टी (जसपा) को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई कार्वाही गरेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ।
वैठकले भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको बताइएको छ।
बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो। उनीहरलाई पार्टी अनुशासन विपरित गतिविधि गरेको भन्दै पार्टीले कार्यवाही गरेको बताइएको छ।