सिरहा, २७ असार। सिरहाको कमला नदीम दुई युवकको शव फेला परेको छ। आईतबार अपरान्ह घरबाट घुम्न निस्केका कर्जन्हा नगरपालिका १ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव सिरहा र धनुषा छुट्याउने कमला नदीमा फोला परेको हो।

बकरइदको पहिलो दिन हिजो घरमा खानपीन गरेर ज ९ प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर घुम्नभनी कर्जन्हा नपा १ कै उत्तर बाहिनी गएका उनीहरु राती अवेसम्म नफर्केपछि राती नै प्रहरीलाई खवर गरेरको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

प्रहरी र आफन्त मिलेर रातभर खोजेपनि उनीहरुको शव आज विहानमात्र फेला परेको प्रहरीले बताए। कमला नदीमा नुहाउन गएका उनीहरु डुवेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको बताएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

nabikaran