हिरोइन बनाइदिने प्रलोभनमा १५ वर्षीय बालिकालाई ३० हजारमा बेच्ने २ जना पक्राउ

    • असार २५, २०७९
    • ३५७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगंज, २५ असार। भोजपुरी चलचित्रमा हिरोइन बनाइदिने प्रलोभन देखाएर १५ वर्षीय बालिकालाई भारत लगेर बेच्ने एक भारतीयसहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

    laif 1

    पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका २ घर भइ हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ४० वर्षीय चमेली देवी र भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन्।

    भारतमा बेचिएकी बालिकाले दिएको बयानको आधारमा चमेली र रोशन परेका हुन्।

    चमेली र रोशनले बालिकालाई गत वर्ष माघ महिनामा भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर भारतको विहार राज्यस्थति पूर्वी चम्पारणको झिटकैया गाउँमा लगेर बेचेको प्रहरीले जनाएको छ। उनीहरुले बालिकालाई एक भारतीय नागरिकसँग ३० हजार रुपैयाँमा विक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

    बालिकालाई खरिद गरेका भारतीय नागरिकले उनिसँग विभिन्न वैवाहिक र अन्य कार्यक्रमहरुमा अश्लिल नृत्य गर्न लगाएको र मानसिक यातनासमेत दिन लगाएको प्रहरीले जनाएको छ। बेचिएको लगभग ५ महिना पछि त्यहाँबाट मौका छोपी फरार भएर घरमा आएकी हुन्।

    भारतबाट नेपाल फर्केर आफ्नो अभिभावकको सम्पर्कमा आएकी बालिकालाई प्रहरीले सोधपुछ र काउन्सिलिङ गरेपछि उनले आफूसँग भएको घटनाको बारेमा बताइएको प्रहरीले जनाएको छ। बालिकाका अनुसार चमेली र रोशनसँग उनको एक वर्ष अगाडि चिनजान भएको थियो। भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर उनीहरुले बालिकालाई भारत लगेर बेचेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले बताए।

    बालिकाको बयानको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार चमेली र रोशनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । बालिकालाई भारतमा खरिद गरेका व्यक्ति भने फरार रहेका छन्। भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी कार्य भइरहेको कार्कीले बताए।

    पक्राउ परेका दुवैमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसूरमा मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ।

    nabikaran

     

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल