जनकपुर, २४ असार। जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन्।
पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सबैले साइकल चढ्ने भएका हुन् । उपमहानगरपालिकाका उप मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयन हुने बताए ।
उनले पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको बताए ।
उनले उपमहानगरपालिकाको नीति अनुरुप आफू कोठादेखि २ किलोमिटर टाढा रहेको कार्यालयसम्म साइकलमै आएको भन्दै फेसबुकमा फोटो पोष्ट गरेका छन् ।
उनले प्रत्येक शुक्रबार साइकल चलाउन सबै जनकपुरबासीलाई हार्दिक आह्वान समेत गरेका छन्
अनलाईनखवरबाट।