सिरहा, २४ असार। सिरहामा एक दलित परिवारमाथि निर्घात कुटपीट भएको छ। जिल्लाको गोलबजार नगरपालिका १ मुक्सार वहिरीमानका २७ वर्षिय इन्द्रजित मोचीको परिवारलाई धनगढीमाई नपा कसहाका प्रदिप यादव र अशेश्वर यादव सहि करिव १० जनाको समूहले कुटपीट गरेको हो।
उनीहरुको कुटाईबाट इन्द्रजितको नाक र देव्र पाखुरा फ्याक्चर भएको छ। एनको शरिरको विभिन्न भागमा चोट पटक लागेको छ। उनकी श्रीमती २५ वर्षिय रिना देवि महराको देव्रे हात भाँचिएको उपचार गराईरहेका कसहा हेल्थ केयर सेन्टरका डा.सुनिल चौधरीले जानकारी दिए।
ति समूहको कुटाईबा इन्द्रजितका भाउनु प्रमिला महराको ढाड सहित सरिरको विभिन्न भागमा गहिरो चोट लागेको हेल्थ केयरले जनाएको छ।
उनीहरुलाई सामान्य विवादमा गाउँबाट युवाहरुको समूह ल्याएर कुटपीट गरेको इन्द्रजितले छ।
कसहाबाट ग्रयाभेल लिन मुक्सारतर्फ गईरहेको टिफर गाउँमा समेत अत्यधिक गतिमा चालाएकाले गाउँलेले गाउँमा यतिधेरै गतिमा गाडी नचलाउ भन्ने विषयमा सामान्य विवाद भएपछि चालक अशेश्वर यादवले कसरहाबाट युवाहरुको समूह ल्याएर गाउँमै कुटपीट गरेको इन्द्रजितले बताए।
विहान गाउँ पसेर कुटपीट गरेको युवाहरुकै समूहले इन्द्रजित र उनको मामा राजवीर मोचीलाई पुनः बाटो ढुकेर हात र नाक भाचिते गरी कुटपीट गरेको छ। श्रीमती र भाउजुलाई उपचारमा राखेर मामासँग मोटरसाइकलमा खानालिन घर गएको बेला हात र नाक भाचिने गरी कुटपीट गरेको हो।
ति समूले इन्द्रजितको सङ्गमा रहेको १२ हजार नगद र एक थान मोवाईल समेत लुटेको बताए।
उनका मामाले एक्लै भएको भए उनीहरुले आफ्नो भाञ्जाको ज्यानै लिने अवस्था देखेको बताए। उनीहरुले फलामे डण्डि र बाँसको भाडाले जथाभावी आक्रमण गरेको उनले सुनाए।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले दुवै समूविच कुटपीट भएको बताए। उनले आफूले राम्रोसँग बुझि नसकेपनि दुई समूहविच झगडा भएको र चालक अशेश्वसरको पनि टाउको फूटेको बताए।
उनले अशेश्वरलाई आफूहरुले नियन्त्रणमा लिएर उपचार गराईरहेको जनाए। दोस्रो पटकको घटनाबारे पनि जानकारी पाएको र घटनामा संलग्नहरुको खोजी भईरहेको बताए। यद्धपी कुनैपक्षबाट उजुरवाजुर नआएको प्रहरीले जनाएको छ।