रौतहट, २४ असार। मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताए।

srijana school

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आज आयोजित जनयुद्धका शहिद/मृतक परिवारलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री साहले शहिद परिवारलाई आर्थिक सहयोगसँगै सम्मान गरिरहने बताए।

प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भता र शहिद परिवारका छोराछोरीलाई छात्रबृति दिन लागेको जानकारी दिदै मन्त्री साहले शहिदहरुको इतिहासलाई सुरक्षित गर्न र शहिद परिवारको सम्मानका लागि छिट्टै जनयुद्ध संग्रहालय बनाउन लागेकोले यसमा सहयोग गर्न सबै आग्रह गरे।

उनले गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग समेत गर्दै आएको बताए।

कार्यक्रममा मन्त्री साहले जनयुद्धका क्रममा रौतहटमा शहिद÷मृत्यु भएका १४० जनाको परिवारलाई प्रमाणपत्र र एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्ले लगायतको उपस्थिति रहेको थियो।

nabikaran