सिरहा, २४ असार। सिरहाको नरहा गाउँ पालिका ३ खोरियामा खानेपानीको योजना सम्पन्न नहुँदै कर्मचारी र जनप्रतिनिधीको मिलेमत्तोमा भुक्तानी भएको पाइएको छ। गाउँ पालिकाले ‘वडा नम्वर ३ मा खानेपानी वोर्डिङ्ग जडान कार्य’ को नाममा छुट्याएको ३५ लाख रुपैयाँ काम सम्पन्न नहुँदै कर्मचारी र प्रतिनिधीको मिलेमत्तोमा निकासा दिएको हो।

naraha 333
वर्तमान वडा अध्यक्ष मो.रुस्तम अन्सारीका भाई मो. जाविर अन्सारीलाई नामकै लागि उपभोक्ता समितिको अध्यक्ष बनाएर रुस्तम आफैले आफ्ना नजिकका आफन्तहरुको आगन र बारीमा वोर्डिङ् जडान गरेको छ। धेरैजसो कामै नलाग्ने अवस्थामा भएपनि उनले २५ लाख रुपैयाँ भुक्तानी पाईसकेको छ।

srijana school

मोटरसहित पानी सञ्चालन गरेर उपभोत्ताको जिम्मा लगाउनु पर्ने भएपनि धेरै बोर्डिङहरु सञ्चालन नै भएको छैनन्। अझै ६ वटा बोर्डिङमा मोटर हाल्न बाँकी रहेको वडा अध्यक्ष अन्सारी आफैले स्वीकार गरेका छन्।

अन्सारीले भने, ‘मैले आफै काम गरेको हो, सवै काम राम्रो भएको छ, ६ वटामा मोटरहाल्न बाँकी छ। बजारमा पानी तान्ने मोटरको सर्टेज भएकोले हाल्न पाईको छैन, पाइने वित्तिकै हालिदिन्छु।’

उपभोक्ता समितिका अध्यक्ष अन्सारी भने पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा आउन चाहेनन्। अघिल्लो दिनसम्म आउनु हामीले गरेको सवैकाम देखाउँछौं भनेका अन्सार विहिवारभने सम्पर्कमै आउन चाहेनन्।

चुनावको संघारमै सवै काम गर्नु पर्ने भएकाले र रकम हात परिसकेपछि उनले बाँकी काम नगरेको स्थानीयको भनाई छ।
नथुनी अन्सारको घर अगाडी गाडेको वोर्डिङ असफल भएपछि उनको बारीमा अर्को बोर्डिङ गाडेपनि सञ्चालनमा छैन। त्यसमा मोटर नै हालिएको छैन।

मो. कलाम उद्दिनको घर अगाडी पनि दुईवटा वोडिङ गाडिएको छ। त्यसमध्ये एउटाबाटमात्र धमिलो पानी आउने गरेको छ। कलामउद्दिकी श्रीमती नुरजहाँ खातुनले ३ महिना भएपनि राम्रो पानी आएन,धोईपखालीमा मात्रै काम लाग्छ।

स्थानियहरुले आफनो निजि लगानीमा करिव १ सय २० फिट बोर्डिङ जडान गर्दा मात्र सफा खानेपानि आउने गरेको तस्लिफ मियाले बताए।

उनले उपभोक्ता समिति अध्यक्ष अनसारीले जडान गरिएको करिव सवै बोर्डिङहरु ७५ फिट देखि ९० फिट सम्म मात्र रहेको बताउँछन्। माथिनै भएकाले प्रायः पानि नआउने र आएपनि धमिलो पानी आउने गरेको बताउँछन्।

वडा नम्वर ३ को खोरीया गाँउमा मात्र सवै वोर्डिङ जडान गरेको भनेपनि जडान गरिएको १९ थान बोर्डिङमा करिव १३ थान बोर्डिङ मात्र संचालनमा रहेको स्थानीको भनाई छ।

योजना स्टिमेट अनुसार सवै बोर्डिङमा केएसवि मोटर लगाउनुपर्ने भएपनि सस्तो मूल्यमा पानइने मोटर जडान गरिएको स्थानियहरु बताउछन।

यता, नरहा गाँपा प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादबले ‘चुनाव भन्दा अगाडि म आफैले अनुगमन गर्दा करिव ८ थान वोर्डिङ जडान भएपनि त्यतिवेला संचालनमा नआएको स्विकारे। उनले भन्ने ‘मैले पनि एक पटक गएर हेरेको थिएँ, त्यसपछि सवै इनिजिनियरले गरिएको लागत स्टिमेट मुल्याङकन अनुसार ३५ लाख मध्ये २५ लाख रकम मात्र भुतmानि गरेको र वाकिँ रकम मूल्याङ्कनको आधारमा दिनुपर्छ।’0उपझोतmा एन अनुसार उपभोक्ता समितिलाई रनिङ विल दिन नहुने भनिएपनि जनप्रतिनिधि, कर्मचारी र समितिको मिलोमतोमा रकम निकासा गरेकाले स्थानीय जानकार बताउँछन्।0यता इन्जितियर शैलेन्द्र यादवले भने आफूले कामको आधारमा मूल्याङ्कन गरेर निकासाको लागि सिफारिस गरेको बताए। उनले भने, ‘सवैकाम लगभग सम्पन्न भईसकेको छ, बाँकीको मूल्याङ्कन गरेर निकासाको लागि सिफासिर गर्नुपर्ने छ।’

स्थानिय तहहरुमा जनप्रतिनिधि तथा कर्मचारीहरुले आसारे विकासको नाममा व्यापक अनियमितता गर्ने गरेको पाइन्छ। पहिला गर्न सक्ने योजनाका कामहरु असार मासान्तमा गर्ने र जनताको आखाँमा छारो हाल्दै व्यापक रकम कुमल्याने स्थानिय बुद्धिजिविहरु बताउछन्।