फाईल फोटा।

वीरगञ्ज, २३ असार। उज्यालो वीरगञ्ज कार्यक्रममार्फत निवर्तमान मेयर बिजय कुमार सरावगीले धेरै चर्चा बटुले। उनले अधिकांश कार्यक्रममा महानगरले गरेका कामहरु बताउँदा उज्यालो वीरगञ्ज कार्यक्रम छुटाउँदैन्थे। बडा गर्वका साथ उनले आफ्नै कार्यकालमा उज्यालो वीरगञ्ज कार्यक्रम सफल भएको दावी गर्थे ।

राष्ट्रिय योजना आयोगको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरपालिकाको ५० प्रतिशत लगानीमा वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडालाई उज्यालो बनाउने कार्यक्रम प्रभावकारी हुन सकेन। उक्त कार्यक्रमले ३२ वटै वडा त परै जाओस् वीरगञ्ज महानगरको बजार क्षेत्र समेत उज्यालो हुन सकेन।

२४ करोड ३१ लख २० हजार ६ सय ५६ रुपैयाँको बोलपत्र आह्वान भएको उँज्यालो वीरगञ्ज कार्यक्रमको ठेक्का सूर्याेदय ऊर्जा÷टोपसम ईनर्जी जे.भी. काठमाडांैले २३ करोड ९६ लाख २४ हजार १ सय २७ रुपैयाँमा सकारेको थियो। २५ जेष्ठ २०७७ मा वीरगञ्ज महानगर र ठेकेदार पक्षबिच भएको सम्झौताबमोजिम १५ असार २०७८ भित्र निर्माण सक्ने भनिएको थियो।

कोभिड लगायतका कारण देखाई काम सम्पन्न नभएपछि १३ असार २०७८ को निर्णयानुसार १५ पौष २०७८ सम्म म्याद थप गरियो। उक्त अवधिसम्म पनि काम सम्पन्न नभएपछि २४ माघ २०७८ मा पुनः अवधीलाई लम्ब्याएर ३० असार २०७९ बनाइएको छ । यो अवधिमा पनि काम सम्पन्न हुने छाँटकाँट देखिएको छैन।

सम्झौताअनुसार १ सय वाट, ६० वाट र ४० वाटको गरी कूल १३ हजार ३ सय ९० वटा बत्ती र ३ सय १ वटा कन्ट्रोल प्यानल जडान गर्नुपर्ने हो । तर हालसम्म ३२ वटै वडामा कुल ९ हजार ६ सय १७ बत्ती र ६६ वटा कन्ट्रोल प्यानल जडान गरिएको छ। जडान भएका बत्तीमध्ये १, २, ४, १३, १५, १६, १७, १९ र २३ नम्बर वडाका करिब ६० प्रतिशत बत्ती बलेका छैनन्। १२, २० र २९ गरी ३ वटा वडामा मात्रै जडान भएका ७ सय ८५ बत्तीमध्ये १ सय २३ वटा बत्ती बल्दैनन्। पूरा काम नसकिदै अधिकांश स्थानका बत्ती नबल्नुले यो कार्यक्रमको प्रभावकारीतामा प्रश्न खडा गरेको छ।

बत्तीको गुणस्तर र जडान गर्ने प्रक्रियामध्ये कुनैमा समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ। अँध्यारोमुक्त अभियान भनेर सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी नदेखिएपछि त्यसमा गरिएको लगानी बालुवामा पानी हाले सरह भएको टिकाटिप्पणी पनि भइरहेको छ।

nabikaran