• मणिलाल विश्वकर्मा

लहान, २२ असार। सप्तरीको खडक नगरपालिका- २ दुहवी गाउँमा अदालतको आदेश भन्दै ऐलानी जग्गामा बस्दै आएका सुकुमबासीको घर हटाउन खोजिएपछि महिलाहरूले प्रतिवाद गरेका छन्। अदालतका कर्मचारी, प्रहरीसहितको टोलीसँग स्थानीय सुकुमबासी महिलाहरूले घर भत्काउन प्रतिवाद गरेपछि जग्गा खाली गराउन फेरि आउने व्यहोराको मुचुल्का उठाएर टोली फर्किएको हो। 

Aam sanchar pradhikaran suchana_page-0001

स्थानीय अमहा खोलाको पूर्वतिर दुहवी गाउँ जाने सडकको उत्तरी किनारको डेढ कठ्ठा ऐलानी जग्गामा ३० वर्षभन्दा बढी समयदेखि ५० वर्षीय बेचु सदाय घर बनाएर बसोवास गर्दै आएको स्थानीय गाउँलेहरू बताउँछन्। ऐलानी जग्गासँगै जोडिएको उत्तरतिर दुहवी गाउँका चौठी साहुले मुद्दा मामिला गरेर आफूहरूको उठिबास गराउँदा उनको तीन कठ्ठा नम्बरी जग्गाको मूल्य बढ्ने र खाली ऐलानी जग्गा पनि कब्जा गर्ने षड्यन्त्र गरिरहेको सदाय बताउँछन्। 

स्थानीय बुढापाकाका अनुसार सडक किनारको उत्तरतिर रहेको दुई बिघा तीन कठ्ठा १९ धुर ऐलानी जग्गामा १९ घर सुकुमबासीको बस्ती छ। वर्षौंदेखि बस्दै आएका सुकुमबासीमध्ये सदायको घर भत्काउन गत शनिबार तेस्रोपटक डोर टोली आएको बेचुकी बुहारी जितनीदेवीले बताइन्। 

‘त्यसदिन गाउँमा मजदुरी गर्न गएकी थिएँ, घरअगाडि प्रहरी र सादा पोसाकका मान्छेहरू देखिएपछि हस्याङफस्याङ गर्दै घर फर्किएँ,’ उनले भनिन्,‘घर भत्काउन आएको डोर टोली र प्रहरीसँग घम्साघम्सी पर्यो।’

nabikaran