काठमाडौं, २२ असार। अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीना दिएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेको हो।

बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले राजीनामा दिएको हो।

शर्मामाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताए। उनले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाएको छ।

‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद। मैले गल्ती गरेको छैन। तथ्यमा गइदिनुहोला धन्यवाद’, अर्थमन्त्री शर्माले भने।
सम्वोधनकै क्रममा उनले आफूले कुनै गल्ती नगरेको भन्दै छानविन समितिको सामना गर्न तयार रहेको बताए।

nabikaran