काठमाडौं,२२ असार। सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको हो।
उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भए अनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।
२०७८ फागुन १४ गते प्रकाशित सुचनामा बकर इदको विदा दिने भनि लेखेएकोले यो पटक असार २६ गते आईतबार विदा भएकाले सोही अनुसारको विदा दिएको उल्लेख गरेको छ।