सवैखालका खेलकुद विकासमा साथ सहयोग रहने छ : मेयर श्रेष्ठ

    • असार २२, २०७९
    • ५१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २२ असार। गोलबजार नगरपालिकाका मेयर श्यम कुमार श्रेष्ठले विकासका सवै योजनाहरुलाई समानढङ्गले अगाडी बढाउने प्रतिबद्धता जनाएका छन्। सिरहाको गोलबजार ६ स्थित सृजना सेकेन्ड्री स्कूलमा आयोजित नेपाल तेक्वान्दो संघको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै सडक, पीच मात्रै विकास नभएको भन्दै खेलकुद पनि विकासको एउटा पाटो भएको बताएका हुन्।

    Aam sanchar pradhikaran suchana_page-0004 - Copy

    समग्र खेलकुद विकासको लागि नगरपालिकाले सकेको सहयोग गर्ने मेयर श्रेष्ठले जनाए। उनलेभने, ‘मैले सडक र पीचलाईमात्र विकासको रुपमा बुझेको छैन, मैले शिक्षा, स्वास्थ्य र खेलकुदलाई पनि विकासको रुपमा बुझेको छु, त्यसैले सवैखालको खेलकुद विकासको लागि समान व्यहार गर्छु, तपाईंहरु ढुक्क हुनुहोस्।’

    मेयर श्रेष्ठले सवैक्षेत्रको आवशयकक्ता र हामीसँग भएको बजेटको आधारमा समान ढङ्गले बाँडफाँड गरेको जनाए। उनले भने, ‘मैले सवै शाखाका प्रमुखहरुसँगको सरसल्लाहमा आवश्यक्ताको आधारा बजेट तर्जुमा भएको छ। सवै क्षेत्र समेटिएको महसुस गरेको छु।’

    खेलकुले कुलतमा लागेका युवापुस्तालाई सहि मार्गमा ल्याउन सहयोग गर्नु पर्ने मेयर श्रेष्ठले बताए। उनले भने, ‘कुलतबाट जोगाउने काम प्रहरी प्रशासनको मात्र होइन, यसमा तयाईंहरुको पनि सहयोगको खाँचो छ।’

    सोही क्रममा गोलबजार नगरपालिकाका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख सुवोध लामाले खेलकुद विकासमा नगरले राम्रो योजना र बजेट ल्याएको बताए। उनले खेलकुदक्षेत्रको विकासको लागि सहकार्य गर्न शाखा सधै सकारात्मक रहेने बताए।
    कार्यक्रममा गोलबजार नपा ३ का वडा अध्यक्ष धनप्रसाद लामा र वडा नम्वर ६ का वडा अध्यक्ष सञ्जित लामाले सवै खाले खेलकुद विकासमा आफ्नो तर्फबाट सकेको सहयोग रहेने प्रतिबद्धता जनाए।

    सोही समारोहमा नेपाल तेक्वान्दो संघको नगर कमिटी घोषणा गरेको छ। नगर अध्यक्ष अरुण कुमार शर्मा, उपाध्यक्ष दिपक कुमार भट्ट, सचिव दिनेश यादव र कोषाध्यक्ष मनिषा घिसिङ्ग चयन भएको छ।

    त्यसैगरी, सदस्यहरु प्रविण श्रेष्ठ, जितेन्द्र साफि र प्रदिप थापा रहेको आयोजकले जनाएको छ।

    nabikaran

     

     

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल