भारतबाट नेपाल भित्रिदै गरेको ८३ लाख नेपाली रुपैयाँ सहित दुई जना पक्राउ

    • असार २१, २०७९
    • ३०० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, २१ असार। भारतबाट नेपाल भित्र्याउँदै गरेको अस्थामा स्रोत नखुलेको ८३ लाख नगद रुपैयाँ सहित सशस्त्र प्रहरीले धनुषाबाट दुईजनालाई नियन्त्रणमा लिएको छ।

    dhanusa
    आलुको बोरामा राखेर नेपाल ल्याउँदै गरेको अवस्थामा जिल्लाको जनकन्दिनी गाउँपालिका १ बाट सोही गाउँ पालिका ५ उदहाका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षिय राजेश मण्डललाई स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित बीओपी इनर्वा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

    उनले ज. ७ प ५००७ नम्बरको मोटरसाइकल पछाडि राखेको आलुको बोरामा सो रकम ल्याईरहेका थिए।

    उक्त रकम लुकाएर ल्याउँदै गर्दा चेकजाँचको क्रममा बरामद भएको बीओपी ईन्चार्ज एवम् डीएसपी शम्भु कटुवालले जानकारी दिए।

    उनलाई बरामद श्रोत नखुलेको रकमसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाउने जनाएको छ ।

    उक्त रकम भारतमा कारोबार भएको नेपाली रकम भएको हुन सक्ने अनुमान गरिएको छ।

    nabikaran

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल