जनकपुर २० असार। मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शुरु भएको छोरी शिक्षा बिमा÷मुद्दति खातामा सहयोग गर्न प्रदेश भरिका पालिका प्रमुखहरु लाई आग्रह गरेको छ।

मधेश प्रदेशका सबै पालिकाहरुलाई आज एक पत्र लेख्दै मुख्यमन्त्री राउतले अषाढ २४ गते सम्म फारम संकलन गरी मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरमा पठाउनआग्रह गरेका हुन्।

उनले लेखेको पत्रमा ‘२०७८ माघ १ गते पछि जन्मीएका प्रदेशभित्रका छोरीहरुको ३ लाखको विमा प्रदेश सरकारले गर्ने भएको हुँदा अषाढ २४ गते भित्र आ–आफनो पालिकाका छोरीहरुको फारम भर्न लगाई मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरि दिनु हुन अनुरोध छ।’ उल्लेख छ।

यस अघि पनि प्रदेश सरकारले छोरी विमा कार्यक्रम सञ्चालन गरेको थियो।

madhesh