वीरगञ्ज महानगरद्वारा श्वेत पत्र जारी, अधिकांश योजना अधुरा र गुणस्तरहिन शिक्षामा व्यापक भ्रष्टाचार

    • असार १९, २०७९
    • ५९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १९ असार। वीरगञ्ज महानगरपालिकामा यसअघि निर्मित भौतिक पूर्वाधारहरु गुणस्तरहिन र अपुरा रहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन्। ल्याण्डफिल्ड साईड, अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रदेखि बसपार्क टर्मिनल लगायतका संरचनाहरु अधुरा रहनुका साथै उपयोगबिहिन अवस्थामा रहेको आज श्वेतपत्र जारी गर्दै मेयर सिंहले बताए।

    laif 1

    महानगरपालिकाको श्वेत पत्र जारी गर्ने क्रममा मेयर सिंहले भने, ‘यसअघि नै लाखौँ रकम खर्चिएर संरचना निर्माण भएका छन्, तर ति सबै अधुरा छन्, गुणस्तरीय र पक्की छैनन् । सबैमा कहीँ भत्किएका छन्, कतै चर्किएका छन्, कतै आधा काम गर्नै बाँकी छ । अब त्यसमा फेरी रकम खर्च गरेर निर्माण गर्दा तपाई पत्रकारहरुले नै प्रश्न गर्नुहुन्छ ।’

    वीरगञ्जको वर्तमान अवस्थाको यथार्थ नगरबासीलाई सम्प्रेषण गर्ने अभिप्रायले वीरगञ्ज महानगरपालिकाले श्वेत पत्र जारी गरेको मेयर सिंहको भनाई छ। अब श्वेत पत्रमा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्दै सोही अनुरुप काम गर्दै जाने पनि उनले बताए। मेयर सिंह थप्छन्, ‘यदि हाम्रो पनि ठग्ने र काम नगर्ने नियत भएको भए श्वेत पत्र नै जारी गर्दैन्थ्यौँ होला। तर हाम्रो एउटै चाहना हो, ‘हाम्रो वीरगञ्ज, राम्रो वीरगञ्ज’। त्यसैले यो चाहनालाई पूरा गर्न तपाई सम्पुर्ण वीरगञ्जबासीको सहयोग पनि अतिआवश्यक छ।’

    श्वेत पत्र २०७९ तर्जुमा समितिका संयोजक डा. दिपेन्द्र कुमार चौधरीले १४ शीर्षकमा ३८ पृष्ठको श्वेत्र पत्र प्रस्तुत गरे । पुँजीगत बजेटमा विद्यावारिधी गरेका अर्थविद् डा.चौधरीको संयोजकत्वमा गठीत ७ सदस्यिय समितिले वीरगञ्ज महानगरपालिकाका विभिन्न शाखाहरुमा रहेको तथ्यांकको आधारमा श्वेत पत्र तयार पारेको हो ।

    महानगरपालिकामा नयाँ नेतृत्व निर्वाचित भएपछि गएको जेठ २३ गते बसेको पहिलो बोर्ड बैठकले महानगरको अवस्था बारे जानकारी गराउन स्वेत पत्र पत्र जारी गर्ने निर्णय गरेको थियो ।

    वीरगञ्ज महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाहरुको वर्तमान अवस्था एवम् महानगरका सार्वजनिक सम्पतीहरुको परिदृश्य लगायतका विषयलाई स्वेत पत्रले समेटेको छ ।

    लगानीअनुसारको प्रतिफल देखिएन

    वीरगञ्ज महानगरपालिकाले संघ, प्रदेश सरकारसँगै महानगरको लगानीमा विभिन्न पूर्वाधार क्षेत्रको निर्माण गरेको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि ग्रिन हस्पीटल वेष्ट म्यानेजमेन्ट सेन्टरको स्थापना गरिएपनि प्रभावकारी नदेखिएको श्वेत पत्रमा उल्लेख छ । डिपिआर बनाउँदा ठूलो मात्रामा अस्पतालजन्य फोहोर व्यवस्थापन हुने आँकलन गरिएपनि निर्माणपश्चात व्यावहारिक रुपमा सोही क्षमताको प्रशोधन यन्त्र नराखिएकोमा श्वेत्र पत्रमार्फत आपत्ती जनाइएको छ।

    नयाँ बसपार्क टर्मिनल पनि व्यवस्थित रुपमा सञ्चालन नभएको पाइएको छ। खानेपानी, बिजुली र शौचालयको उचित व्यवस्थापन नहुनुका साथै यात्रु बस्ने कोठा प्रयोगबिहिन भएको, नयाँ भवनमा निर्माण गरिएको बुकिङ् काउण्टर पनि सञ्चालनमा आउन नसकेको, सुरक्षा व्यवस्था नहुँदा पार्क गरिएको सवारीबाट एलसिडी, टिभी, इन्धन, ब्याट्री आदि चोरी हुने गरेको स्थलगत अनुगमनका क्रममा पाइएको श्वेत्र पत्रमा भनिएको छ । पूर्वाधार निर्माणदेखि अन्य योजनाहरुमा पनि लगानीअनुसारको प्रतिफल नदेखिएको श्वेत्र पत्र २०७९ तर्जुमा समितिका संयोजक डा. चौधरीले बताए।

    नाम मात्रको उज्यालो वीरगञ्ज कार्यक्रम

    उज्यालो वीरगञ्ज कार्यक्रममार्फत निवर्तमान मेयर बिजय कुमार सरावगीले धेरै चर्चा बटुले । उनले अधिकांश कार्यक्रममा महानगरले गरेका कामहरु बताउँदा उज्यालो वीरगञ्ज कार्यक्रम छुटाउँदैन्थे । तर आईतवार महानगरपालिकाको श्वेत पत्र प्रस्तुत गर्दै समितिका संयोजक डा. दिपेन्द्र कुमार चौधरीले बत्तको गुणस्तर र जडान गर्ने प्रक्रियामा समस्या देखिएको हुँदा खोजीको विषय भएको बताए । सम्झौताअनुरुप महानगर क्षेत्रमा १३ हजार ३ सय ९० वटा बत्ती र ३ सय १ कन्ट्रोल प्यानल जडान गर्नुपर्ने भएपनि ३२ वडामा जम्मा ९ हजार ६ सय १७ बत्ती र ६६ वटा मात्रै कन्ट्रोल प्यालन जडान भएको श्वेत पत्रमा उल्लेख छ । जडित बत्तीमध्ये पनि ६० प्रतिशत बत्ती नबलने पाइएको छ भने वडा नम्बर १२, २० र २९ का जडित ७ सय ८५ बत्तीमध्ये १ सय २३ वटा बत्ती नबलेको पाइएको छ ।

    शिक्षामा व्यापक भ्रष्टाचार

    सामाजिक विकासको मूख्य अंग मानिने शिक्षामा व्यापक रुपमा अनियमितता हुने गरेको पाइएको छ । विद्यार्थी संख्या बढाएर छात्रवृति, दिवा खाजा र पुस्तकको रकम हिनामिना भएको अधिकांश विद्यालयहरुको साझा समस्या देखिएको छ । ६ वटा विद्यालय समायोजन गरिएको छ भने २ वटा नयाँ विद्यालय स्थापना गरिएको छ । ३१ वटा विद्यालयमा जडान गरिएको सिसि टिभी क्यामरामध्ये कतिपय चोरी भईसकेको र मर्मत सम्भारको अभावका साथै इन्टरनेट उपलब्ध नहुँदा प्रभावकारी देखिएको छैन । महानगरका सस्थागत विद्यालयहरुमध्ये ५३ वटा विद्यालयले अनुमति लिएर पनि विद्यालय नरहेको पाइएको छ भने केही अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको छ।

    श्वेत पत्र सार्वजनिक कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकिय अधिकृत बलराम ढकाल लगायतको उपस्थिती रहेको थियो।

    sanchay kosh copy

     

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल