रौतहटमा दुई भारतीय युवकको शव भेटियो

    • असार १९, २०७९
    • १९० पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    रौतहट, १९ असार। रौतहटको नुनथरस्थित बाग्मती नदीमा पौडी खेल्ने क्रममा वेपता भएका दुई युवकको शव फेला परेको छ ।

    शनिबार चन्द्रपुर–१ पौराही नुनथरको बाग्मती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको शव आइतबार प्रहरीले फेला पारेको हो ।

    laif 1

    पौडी खेल्ने क्रममा भारत सीतामढी कोट बजार बस्ने वर्ष २४ का मयंक अग्रवाल र वर्ष २१ का रितेश साह बेपता भएका थिए । उनीहरु सँगै पौडी खेल्न बाग्मतीमा पसेका ३० वर्षका सुमन साहलाई शनिबार स्थानीयले उद्धार गरेर सकुशल बाहिर निकाले पनि दुई जना हराएका थिए ।

    वेपत्ता भएकाहरुको खोजी कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल हिजोदेखि नै खटिए पनि आइतबार दिउँसो उनीहरुको शव चन्द्रपुर र वृन्दावन नगरपालिकाको सिमाना इलाकामा बलेरीखोर जंगल नजिकै बाग्मती नदी किनारमा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    बीआर ०१ एफ ६६१९ नम्बरको भारतीय गाडी लिएर नुनथर क्षेत्र घुम्न आएका तिनै जना नदीमा रमाइलो गर्दै पौडी खेल्न पसेका थिए । बेपत्ता भएका दुवै भारतीय युवकको शव घटनास्थलबाट १५ किलोमिटर दक्षिणतर्फ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दहालले बताए ।                                                  अनलाईनखवरबाट।

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल