जनकपुर, १९ असार। धनुषामा रहेको महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंकमा शनिबार राति चोरी भएको छ। एनआईसी बैंकको क्षीरेश्वरनाथ नगरपालिका ५ मा रहेको शाखाको पछाडिको झ्याल फोडेर चोरी भएको हो।

बैंकका शाखा प्रमुख रोशन रायले आज बिहान बरण्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले हेर्न जाँदा झ्याल फेडेको देखेपछि आफूलाई जानकारी गराएको बताए। उनलेभने, ‘मैले गार्डले भनेपछिमत्र आईतबार विहान थाहा पाएँ, जानकारी पाउनासाथ तत्काल प्रहरीलाई खवर गरें।’

बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र चोरहरुले लकर फोड्ने प्रयास गरेको शाखा प्रमुख रायले जानकारी दिए।

बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

sanchay kosh copy