प्रदेश सरकारद्वारा सिरहाका ९५ शहिद परिवारलाई सम्मानसँगै जनही एक लाखको चेक हस्तान्तरण

    • असार १७, २०७९
    • ४४३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १७ असार। मधेश प्रदेश सरकारले जनयुद्धका शहिद भएका सिरहाका ९५ परिवारलाई एक लाख रुपैयाँको दरले आर्थिक सहयोग प्रदान गरेको छ। मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा सिरहाले मिर्चैयामा शुक्रबार एक समारोहको आयोजना गरी नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधीसभा सदस्य मातृका प्रसाद यादव, मधेश प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शहिद परिवारलाई प्रमाणपत्र सहित एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकाहुन्।

    जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न अधिकारको आन्दालेमा शहिद भएका परिवारलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा बोल्दै माओवादी नेता यादवले जनयुद्धका शहिदलाई संघीय सरकारले उचित सम्मान गर्न नसकेको गुनासो गरे।

    laif 1

    जनयुद्धकै बलमा मुलुकमा परिवर्तन आएपनि संघिय सरकारले जनयुद्धका शहिदलाई अझै शहिदको रुपमा स्वीकार्न तयार नरहेको बताउँदै नेता यादवले शहिद घोषणा गराउन संघर्ष गर्नु परिहेको बताए ।

    उनले संघिय सरकारले जनयुद्धका शहिदलाई सम्मान गर्न नसकेपनि मधेस प्रदेश सरकारले जनयुद्ध दिवस र शहिद परिवारलाई सम्मान तथा आर्थिक सहयोग गर्नु स्वागतयोग्य कार्य भएको बताए।

    कार्यक्रममा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री साहले शहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए।

    प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भता र शहिद परिवारका छोराछोरीलाई छात्रबृति दिन लागेको मन्त्री साहले बताए।
    गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको बताउदै मन्त्री साहले जल बिद्युत आयोजनामा शहिद परिवारलाई शेयर सदस्य बनाउने योजना बनाउन लागेको समेत सुनाउन भ्याय।

    जनयुद्धका शहिदहरुको इतिहासलाई सुरक्षित गर्न र शहिद परिवारको सम्मानका लागि जनयुद्ध संग्रहालय बनाउने योजना बनाएको जानकारी बताउँदै यसका लागि प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटमा रकम बिनियोजन गराउने जिकिर गरे।

    sanchay kosh copy

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल