मधेश प्रदेश सरकारले शहिद परिवारलाई भरणपोषण र छात्रबृति दिने

    • असार १६, २०७९
    • १,०९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १६ असार। मधेश आन्दोलन र जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई भरणपोषण वापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान लागेको छ। शहिद परिवारको भरणपोषण वापत मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले मधेशी शहिद प्रतिष्ठान मार्फत शहिद परिवारलाई मासिक १२ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो।

    यस्तै शहिद परिवारका छोराछोरीलाई निःशुल्क पठन पाठनका लागि छात्रबृति समेत दिन लागेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।

    ‘शहिद परिवारको भरणपोषणका तथा छात्रछात्राहरुको छात्रबृतिका लागि आबेदन दिन हामीले सूचना गरेका छौं; मन्त्रालयका सचिव महतोले भने, ‘शहिद परिवारको भरणपोषण लागि प्रदेश सरकारले यसबर्ष एक करोड रुपैयाँ बिनियोजन गरेको छ, अब कतिको संख्यामा आबेदन आउँछ त्यही हिसाबले हामी रकम बितरण गर्छाै।’ तर कार्यबिधीमा २१ हजार सम्म दिन भनेको छ, निवेदन कतिको संख्यामा आउँछ त्यही अनुसार रकम घटबढ पनि सक्छ, सचिव महतोको भनाई छ।

    शहिद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई रु. १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागेको सचिव महतोले बताए।

    प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधिक २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी भरणपोषण वापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल