उपाध्यक्षले भागबण्डा मागेपछि गाउँसभा ढिलोभयो ः कान्छो अध्यक्ष गुप्ता

    • असार १६, २०७९
    • २४८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १६ असार। देशकै कान्छो अध्यक्ष भएको पर्साको कालिकामाई गाउँपालिकाले हालसम्म पनि आफ्नो गाउँसभा गर्न सकेको छैन।

    laif 1
    नियमानुसार असार १० गते भित्र हुनुपर्ने गाउँसभा बिहिवार ६ दिन ढिलो हुँदापनि अनिश्चित छ। जनप्रतिनिधिबीच बजेट बाँडफाँडको विषयमा कुरा नमिल्दा गाउँसभ हुन नसकेको बुझिएको छ। गाउँसभा नहुँदा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट पनि आउन सकेको छैन।

    गाउँपालिकी उपाध्यक्ष राजमती देवी बरैनीले आफ्नो फाइदा अनुसारको नीति, कार्यक्रम तथा बजेट बनाउन माग गर्दै गाउँसभा अनिश्चित भएको अध्यक्ष वशिष्ठ कुमार गुप्ताको भनाई छ । अध्यक्ष गुप्ताका अनुसार नीति तथा कार्यक्रम आवश्यक्ताको आधारमा बनाउन भन्दा उपाध्यक्ष बरैनीसहित केही जनप्रतिनिधिले सोझै भागबण्डा मागिरहेका छन्।

    भागबण्डाको आधारमा बजेट बनाउदा गाउँपालिकाका लागि आवश्यक रहेका योजनाहरु गर्न नसकिने अध्यक्ष गुप्ताको तर्क छ । ‘गाउँपालिकालाई प्रविधियुक्त बनाउँदै शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारमा सुधार गर्नु मेरो पहिलो प्राथमिकता हो,’ अध्यक्ष गुप्ताले भने, ‘तर बजेटलाई भागबण्डाको आधारमा बाँडेर काम गर्दा त्यसको लागि पैसा अपुग हुन्छ । महत्वपूर्ण योजनाहरु गर्न सकिन्न।’

    गाउँपालिकामा प्रशासनिक सुधार गर्नुपर्ने देखिएको बताउँदै अध्यक्ष गुप्ताले भने, ‘अहिलेको आवश्यक्ता वडा कार्यालयहरुलाई प्रविधियुक्त बनाउँदै त्यहाँबाट प्रवाह हुने सेवालाई सहज र सरल बनाउनु हो । त्यसपछि विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माण गर्दै त्यसलाई आधुनिकीकरण गर्नु छ । स्वास्थ्य सेवाका अधिकतम सेवा गाउँमै उपलब्ध गराउने मेरो योजना छ । यस्ता काममा पनि केही जनप्रतिनिधिले साथ दिरहेका छैनन्।’

    यता अध्यक्ष गुप्ताले उपाध्यक्षलाई ५० लाख र वडा अध्यक्षहरुलाई ३०÷३० लाख बराबरका योजना दिएर अन्य रकम नगरस्तरीय कार्यक्रममार्फत आफै चलाउन खोजेको कालिकामाई–२ भेडिहारीका वडाध्यक्ष सोनालाल चौरसियाको आरोप छ। चौरसियाका अनुसार गुप्ता आफ्नो गाउँ स्तरीय कार्यक्रममा बढी बजेट राखेर वडा अध्यक्षहरुलाई कम रकम दिन खोजिरहेका छन्।

    यद्यपी, अध्यक्ष गुप्ताले उपाध्यक्ष र केही जनप्रतिनिधि बाहेक अन्य सबै गाउँसभा गर्न तयार रहेको बताए । ‘उहाँहरुले भने अनुसारको नीति तथा कार्यक्रम बनाउन नमान्दा गाउँसभामा अवरोध पु¥याउँदै हुनहुन्छ,’ गुप्ताले भने। उपाध्यक्ष राजमती देवी बरैनी भने कार्यालयमा जाँदा पनि भेटिइनन् भने फोनसमेत नउठाएर पन्छिएकी छिन्।

    गाउँसभा समयमा नहुँदा गाउँपालिकाको विकास निर्माणको काम प्रभावित हुने देखिएको छ।

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल