नेकपा एमालेले छ सुत्रिय माँग राखी प्रशासनलाई बुझाए ज्ञापन

    • असार १५, २०७९
    • ३३० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,१५ असार। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्लामा देखा परेका विभिन्न समस्यालाई समेट्दै जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। किसानहरुको लागि मल खादको व्यवस्था, झुठ्ठा मुद्दा खारेज, कालाबजारी, घुसखोरी नियन्त्रण, लागुऔषध ओसार पसार बन्द, अर्धन्यायिक कार्यालयमा पुराना मुद्दाहरु अबिलम्ब फैसला, अबैध खानी नियन्त्रण लगायत छ सुत्रिय माँग सहित ज्ञापनपत्र बुझाएको हो।

    नेकपा (एमाले) जिल्ला अध्यक्ष चन्देश्वर मण्डलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा तत्काल मल खादको व्यवस्था गर्नु पर्ने, कालाबजारी, घुसखोरी नियन्त्रण, लागुऔषध ओसार पसार नियन्त्रण, अर्धन्यायिक कार्यालयका पुराना मुद्दाहरु अबिलम्ब फैसला, अबैध खानी नियन्त्रण तत्काल बन्द नगरे आन्दोलनमा जान बाध्य हुने उल्लेख गरेको छ।
    अध्यक्ष मण्डलले पार्टीले अघि सारेका माँगहरु समयमा पुरा नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने बताए । उनले भने, ‘हाम्रो पार्टीले समस्यालाई माँगको रुपमा अघि सारेको छ। यस्ता माँगहरु पुरा गरिएन भने आन्दोलनबाट हुने नोक्सानीको जिम्मेबार सम्बन्धित निकायले लिनुपर्ने हुन्छ।’

    सार्वजनिक कार्यालयहरुमा देखा परेको ढिलासुस्ती बन्दै गरेर जनताको हुने काम अबिलम्व गर्दै लागुऔषधको ओसार पसार नियन्त्रणमा ध्यान दिन स्थानीय प्रशासनसँग पार्टीका उपाध्यक्ष समेत रहेका सिरहा नगरपालिकाका नगर प्रमुख डा.नविन कुमार यादवले आग्रह गरे।

    ‘अबैध रुपमा ढुंगा बालुवा उत्खन्न भइरहेको कुरा जानकारीमा आएकोले त्यस्ता कार्य रोक्न स्थानीय प्रशासनलाई ध्यान केन्द्रित गराएको, ‘गोलबजार नगरपालिकाका नगरप्रमुख (मेयर) श्याम श्रेष्ठले भने ‘त्यस्ता उत्खन्नबारे हामी अध्ययन गर्दैछु। त्यस्ता कार्यहरु अबिलम्व रोकिनुपर्छ।’

    तत्कालिन नगर प्रमुख तथा प्रदेश कमिटिका सदस्य मुनी साहमाथि ज्यान मार्ने र अभद्र व्यवहार झुठा मुद्दा लगाइएको प्रति पनि एमालेको ध्यानाकर्षण भएको बताएको छ। पर्टीले तत्काल झुठामुद्दा खारेज गर्न समेत माँग गरेको छ।

     

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल