आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

    • असार १५, २०७९
    • ३९४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    सिरहा, १५ असार। आज असार १५, राष्ट्रिय धान दिवसका रुपमा मनाइँदैछ। सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ।

    srijana school

    नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ। धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्पादन घटे घट्छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन्।

    चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ। यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ। कृषि विभागले दिवसको मुख्य कार्यक्रम खुमलटारमा गर्दैछ।

    आज सिरहा सहित मधेश प्रदेशका विभिन्न जिल्लामा संघ संस्था तथा कृषि समूहहरुले धानदिवस मनाउने कार्यक्रम रहेको छ।

    आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन्। असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।

     

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल