वामदेव गौतमद्वारा नयाँ दल घोषणा, को को परे सचिवालयमा

    • असार १४, २०७९
    • ५२५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १४ असार। नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेको छ । काठमाडौं आज एक कार्यक्रमको अयाोजना गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामद दल घोषणा गरेको हो।

    laif 1 bamdeb bamdeb

    दलको संयोजकमा स्वयम् वामदेव गौतम छन्, भने सचिवमा डीबी कार्की रहेको छ।

    गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन्।

    घोषित नयाँ पार्टीमा वामदेव आफैं संयोजक छन् भने, डीबी कार्कीलाई सचिव तोकेका छन्।

    सचिवालय सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन्।

    सचिवालयमा अर्का एकजना सदस्य पछि थपिने प्रचार विभाग प्रमुखसमेत रहेका निमकान्त पाण्डेले बताएका छन्।

    वामदेवको केन्द्रीय कमिटी ७४ सदस्यीय हुने पाण्डेले बताएका छन्।

    गौतमको पार्टीले अन्य पार्टीहरूसँग एकता सम्वादका लागि आफ्नै संयोजकत्वमा समिति बनाएका छन्।

    वामदेवले नयाँ पार्टीमा श्रीमती तुलसा थापा र छोरा हरिसदेव गौतमलाई पनि केन्द्रीय सदस्यमा नियुक्त गरेका छन्। तुलसा थापा अहिले पनि नेकपा एमालेको तर्फबाट सांसद हुन्।

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल