लहान, १४ असार। सिरहामा बोक्सी भन्दै एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भगवानपुर गाउँपालिका ४ ठाडी टोलकी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमुत्र खुवाएको आरोपमा छिमेकीहरु ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला देवी साहलाई पक्राउ गरेको हो।

यही असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुवै जनाले मलमूत्र खुवाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।
अनिता घाँस लिएर घरतर्फ आईरहेको बेला दुवैजना मिलि तँ बोक्सि होस भन्दै मलमुत्र खुवाएको स्थानीयले जनाएको छ।

दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालय, लहानको हिरासतमा राखेर बोक्सी आरोप कसुरमा मुद्दा दर्ता गरी थपअनुसन्धान गरिरहेको उनले बताए।