सिरहामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाईँदै

    • असार १३, २०७९
    • ४२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १३ असार। सिरहामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आईतबारबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ। स्वास्थ्य कार्यालय सिरहाले असार १२ गतेदेखि १७ गते सम्म दुई चरणमा पालिकाले तोकेको विद्यालय वा खोप केन्द्रहरुमा दुई चरणका खोप लगाउन सुरु गरीएको हो।

    laif 1

    पहिलो चरण असार १२ गते १४ गतेसम्म गोलबजार, नगढीमाई, सुखिपुर नगरपालिका, अर्नमा, औरही, भगवानपुर, वडियारपट्टी, नगवाराजपुर र लक्ष्मीपुर पतारी गाउँ पालिकामा खोप केन्द्र सञ्चालन भईरहेको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

    त्यसैगरी दोस्रो चरण असार १५देखि १७ गतेसम्म सिरहा, लहान, कल्याणपुर, मिर्चैया नगरपालिका र नरहा, सखुवानन्कारकट्टी, विष्णुपुर गाउँ पालिकामा खोज सञ्चालन हुने स्वास्थ्य कार्यालयले बताएको छ।

    सोही क्रममा खोप पूर्णरुपमा सुरक्षित, प्रभावकारी र नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए। उनले भने, ‘यो ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि लगाईने जनर्मन तथा अमेरिकाले संयुक्त रुपमा उत्पादन गरेको फाईजर खोप सुरक्षित र प्रभावकारी छ, सवैजनाले आफ्ना बालबालिकालाई ढुक्क भएर लगाउँन अनुरोध छ।’

    यसैबीच, उनले खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जाने आग्रह छ। जिल्लाको सिरहा प्रादेशिक अस्पताल र रामप्रसाद उमाप्रसाद स्मारक अस्पताललाई रेफरल सेन्टरको रुपमा व्यवस्था गरिएको जनाए।

    जिल्लामा रहेका ५ देखि ११ वर्ष उमेर समूहका एक लाख तीन हजार बालबालिलाई खोप लगाउन ५६८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ।

    sanchay kosh copy

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल