गोलबजार नगरपालिकाद्वारा आर्थिक वर्ष ०७९/८० को लागि ८४ करोड बजेट पारित

    • असार १३, २०७९
    • ७१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १३ असार। गोलबजार नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को लागि ८३ करोड ९१ लख १० हजार रुपैयाँको बजेट पारित गरेको छ। पालिकाको सातौं नगर सभाले सङ्घीय सशर्त बजेट ४० हरोड १९ लाख र प्राप्त अनुदान बाँडफाँड अन्तर्गत ४३ करोड ७२ लाख १० हजार सहित ८३ करोड ९१ लाख १० हजार रुपैयाँको पारित बजेट आईतबार पत्रकार सम्मेतलन गरी सार्वजनिक गरेको हो।

    srijana school

    नगरसभाले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ २१ करोड ३८ लाख २१ हजार, आर्थिक विकास अनतन्तर्गत कृषिमा १ करोड ५४ लाख ५० हजार, पर्यटन तथा उद्योग ३९ लाख, जलश्रोत तथा सिंचाई १ करोड ८० लाख ५० हजार र पशुपन्छि विकासकालागि १० लाख ५० हजार रकम रकम विनियोजन गरेको नगर प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए।

    पूर्वाधार विकास अन्तर्गत यातायात पूर्वाधारमा ५ करोड ६१ लख ४० हजार, भवन, आवास तथा सहरी विकासका लागि १८ करोड ४० लाख ७५ हजार, उर्जा ६१ लख ७५ हजार, विज्ञान तथा प्रविधि १ करोड २० लाख, पुननिर्माण तर्फ ९६ लाख ५७ हजार विनियोजन भएको पत्रकार सम्मेलनमा सर्वाजनिक गरेको छ।

    त्यसैगरी, नगरसभाले सामाजिक विकास अन्तर्गत सामाजिक सुरक्षा तथा संरक्षणमा २८ लाख २० हजार, युवा तथा खेलकुदमा ८६ लाख ५० हजार, खानेपानी तथा सरसफाईको लागि ३ करोड ५० लाख २९ हजार, शिक्षामा १७ करोड ४९ लाख, स्वास्थ्यमा ६ करोड १२ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणको लागि २ करोड ४ लाख ७० हजार रकम विनियोजन गरेको छ।

    सुशासन तथा अन्तरसम्वन्धित अन्तर्गत प्रशासकिय अनुशासन ८९ लाख ५० हजार र श्रम रोजगार शिर्षकमा १ करोड ७३ लाख ५० हजार रकम नगरसभाले पारित गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

    पारित बजेटले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा विशेष जोड दिएको नगर प्रमुख श्रेष्ठले जनाए।

    नगरसभाले पारित बजेट कार्यान्वयनको लागि जनप्रतिनिधी, कर्मचारीसँगै सम्पूर्ण संघ संस्था, व्यवसायी, बुद्धिजिवि तथा सञ्चारकर्मीको साथ सहगोग अपरिहार्य रहेको नगरप्रमुख श्रेष्ठले बताए।

    कतिपय विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौडेलले स्पस्ट पारेका थिए।

    सञ्चारकर्मीहरुले पारित बजेट कार्यान्वयनमा पारदर्शिता, सुशासनमा जोड दिनुपर्ने बताएका थिए।

    sanchay kosh copy

     

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल