बजार अनुगमन ग्रामिण क्षेत्रमा केन्द्रीत

    • असार १२, २०७९
    • ३६५ पटक पढिएको
    • गमक पाेस्ट

    लहान, १२ असार। बिगतमा शहर केन्द्रीत गर्दै आएको बजार अनुगमनलाई केही दिनदेखि ग्रामिण क्षेत्रमा केन्द्रीत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाले ग्रामिण क्षेत्रका बजारहरुमा अनुगमन केन्द्रीत गरेको हो।

    srijana school

    शहरी क्षेत्रमा लामो समयदेखि बजार अनुगमन गर्दै आएपनि अब ग्रामिण क्षेत्रमा पनि अनुगमन गर्नुपर्ने माग उठदै आएकाले पछिल्लो समय ग्रामिण क्षेत्रमा बजार अनुगमन केन्द्रीत गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए।

    यसैबीच ग्रामिण क्षेत्रका बजारबाट ठुलो परिमाणमा अखाध्य बस्तु तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ।

    संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब ५० हजार रुपैयाँ मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ।

    अनुगमनको क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्याति गल्ला भण्डार, कृष्णा जेनरल फैन्सी स्टोर्स लगायत बिभिन्न पसलहरुबाट म्याद गुज्रेको मैदा, मसला, पाउण्डर दूध, खाने तेल, सुर्ति, बिडी, भुज, चिउरा लगायतका समानहरु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले जानकारी दिए।

    यस्तै् सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढी बजारमा गरिएको बजार अनुगमनका क्रममा रोहित किराना पसल, शम्भु एण्ड धिरज ट्रेडर्स र ओम नः शिबाय किराना पसलबाट म्याद गुज्रेको मैदा, खाने तेल, स्वाइबिन, मसला लगायतका समान नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले बताए।

    उनका अनुसार धनगढी बजारस्थित बिभिन्न होटल तथा मिष्ठान भण्डारमा अनुगमन गर्दा हानीकारक रंगहरुको प्रयोग गरी तयार पारिएको मिठाई तथा म्याद गुज्रेको पेय पदार्थहरु समेत नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

    अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न र दत्र्ता नभएका पसल, व्यवसायी दत्र्ता गराउन पहिलो पटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाका प्रमुख दिपेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

    अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

    sanchay kosh copy

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल