सिरहाको लहानमा गोली लागेर एक युवक घाइते, दुईथान पेस्तोल र १४ राउण्ड गोली बरामद

    • असार १२, २०७९
    • १,०६९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १२ असार। सिरहाको लहानमा साथीले चलाएको गोलि लागेर एक किशोर घाइते भएको छ। आज विहान आफ्नै साथिहरुले चलाएको गोली नाइटोमाथि पेटमा लाग्दा लहन नपा २२ वेलहीका करिव १८ वर्षिय दिलिप मुखिया घाइते भएका हुन्।

    srijana school

    घाइते मुखियाको स्थानीय स्तरमा उपचार हुन नसकेपछि उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भिर रहेको छ।

    उनिहरु गाउँमै नविन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोवाईलमा पब्जी गोम खेल्दै गरेको बेला करिव १९ वर्षिय सुरज मुखियासंग भएको पेस्तोल सँगैरहेका करिव १५ वर्षिय शुशान्त चौधरीले लिएर ख्यालठट्टामा चलाउदा मुखियाको पेटमा लागेको प्रहरीको भनाई छ।

    पब्जी खेलेर बसिरहेका उनीहरु पब्जीमा जस्तै गोली चलान कस्तो हन्छ भन्दै गोली चलाउँदा गोली मुखियाको पेटमा गोली लागेको बताइएको छ।

    दुवैजनालाई प्रहरिले नियन्त्रणमा लिसकेको ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डीएसपी कुमार मैनालिले जान्कारी दिए। उनीहरुको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ७.६५ लेखिएको ५ थान गोली र एक थान खोका समेत बरामद गरेको प्रहरीले जनाएको छ।

    प्रहरीले शुशान्त चैधरीको घरछेउको बाँसघारीबाट कटुवा पेस्तोल एक थान, त्यसका लाग्ने गोली ५ थान, ७.६५ लेखिएको गोली ४ थान बरामद गरेको छ।

    उनीहरु लागुऔषध सेवन कर्ता समेत रहेको बुझिएको छ।

    उनीहरुले यो पेस्तोल र गोली कहाबाट ल्याएको भन्ने अझै खुलेको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    sanchay kosh copy

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल